Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ भरीको सर्वोत्कृष्ट प्रहरी घोषित

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०७८, बुधबार
प्रदेश १ भरीको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगरः जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान गरेकोले उनलाई सर्वोत्कृष्ट घोषित गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
विभिन्न हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले उनलाई उत्कृष्ट कार्यको उच्च मूल्याङकन गर्दै २०७८ साल बैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

प्रकाशित मिति: जेष्ठ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend