बिर्तामोडः झापाको कमल गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिका–३ सानो केर्खामा बिहीबार राति पौने ९ बजे प्रदेश ३–०१–०२४ च ४५३५ नम्बरको स्कारपियो गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी टोली पुगी ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।