विराटनगरः विराटनगर–१७ मटेरुवा चौकस्थितबाट लागूऔषधसहित एकजना महिलालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी इटहरी–१ कि ४१ वर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध डाइलेक्स डिसी ५० बोतल, नाइट्राभेट १०० ट्याब्लेट, स्पास्मो प्रोक्जोभिन प्लस ४३२ चक्कीसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।