धरानः पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारे का २७ बर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।
शनिबार बेलुका ६ बजे कानेपोखरी–६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा डुबी बेपत्ता भएको खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय पथरीबाट प्रनाउको कमाण्डमा टोली खटी गई स्थानीयको सहयोगमा खोजतलास गर्दा आइतबार बिहान १० बजे पाण्डेको मृत अवस्थामा लाश फेला परेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
माछा मार्ने क्रममा नदिले बगाई बेपत्ता
भोजपुर अरुण गाउँपालिका–७ का २४ वर्षीय युवराज अधिकारीलाई नदीले बगाई बेपत्ता भएका छन् ।
गत राती १२ बजे उनी सोही स्थानको नसुवा र अरूण नदीको दोभानमा ९–१० जना साथीहरुसँग मिलेर माछा मार्ने क्रममा अरूण नदीले बगाई लगी बेपत्ता पारेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी जरायोटाटबाट प्रहरी टोली खटी गई खोजतलास भइरहेको छ ।