Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जङ्गली च्याउ खाँदा एकैघरका ९ जना बिरामी, किड्नी, कलेजमा समस्या देखिएपछि धरान ‘रेफर’

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०७८, आइतबार
जङ्गली च्याउ खाँदा एकैघरका ९ जना बिरामी, किड्नी, कलेजमा समस्या देखिएपछि धरान ‘रेफर’

सङ्खुवासभा: सिलिचोङ गाउँपालिका-५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ-५ का दुई घरका नौ जना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए ।
जङ्गली च्याउ खाँदा बिरामी परेका नौ मध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताए । जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौ जना बिरामी परेको वडाध्यक्ष कुलुङले जनाए ।
त्यस्तै बिरामी पर्नेमा उनका छोरा महेन्द्र, वीरेन्द्र, सहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् । जङ्गली च्याउ खाएर शुक्रबार रातिदेखि बिरामी परेपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको थियो । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेपछि शुक्रबार याफु आधारभूत स्वास्थ्य सेवा एकाइमा भर्ना गरिएको वडाध्यक्ष कुलुङले बताए ।
च्याउ खाने सबैजनाको किड्नी र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक सुन्दरश्याम जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend