Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भेटियो एम्बुलेन्समा गाँजा

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०७८, मंगलबार
धरानमा भेटियो एम्बुलेन्समा गाँजा

धरानः सोमबार प्रहरी नै अचम्ममा परयो । कारण थियो- एम्बुलेन्समा बिरामी मानिस होइनन्, गाँजा थियो । इलाका प्रहरी कार्यालय धरानले एम्बुलेन्समा गाँजा ओसार्ने दुईजनालाई सार्वजनिक गरेको छ ।
पक्राउ परेपछि उनीहरुलाई सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । पक्राउ पर्नेमा धरान-१५ बस्ने वर्ष ३६ को बलबहादुर लिम्बू र धरान-११ बस्ने वर्ष २८ को पोशन राई रहेका छन् । उनको खास घर धनकुटा सहिदभूमि–१ हो ।
सोमबार राति धरान उपमहानगरपालिका वडा नं. २ स्थितमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को१च ५५५९ नम्बरको हुडेप नेपाल लेखिएको मारुती एम्बुलेन्सलाई शंका लागि प्रहरीले चेकजाँच गरेको थियो । एम्वुलेन्सलाई रोकी कानुनी रितपूर्वक खानतलासी गर्दा सो एम्बुलेन्सको पछाडिको भागमा २५-२५ केजीको ४ वटा झोलामा जम्मा १०० (एक सय) केजी परिमाणको लागूऔषध गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स तथा लागूऔषध गाँजा बरामद गरी सो एम्बुलेन्समा रहेका एम्बुलेन्स चालक बलबहादुर र पोशनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए । धनकुटाबाट एम्बुलेन्समा गाँजा आउँदै गरेको सुइँको प्रहरीले पाइसकेको थियो । जिरोप्वाइन्टमा रोक्न खोज्दा एक्कासी एम्बुलेन्स भाग्यो । रत्नरोड पुगेपछि मात्रै प्रहरीले नियन्त्रणमा लिन सफल बनेको थियो । पोशन एम्बुलेन्समा बिरामीजस्तै बनेर सुतेका थिए । अन्ततः अभिनय फेल खाएको थियो । उनी सुतेको सिटमुनी गाँजा फेला परेको थियो ।

प्रकाशित मिति: जेष्ठ ११ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend