धनकुटाः धनकटाको महालक्ष्मी नगरपालिका ७ का ३४ वर्षीय पूर्णकुमार तुम्बाको रुखले किचेर मृत्यु भएको छ ।
मङ्गलबार बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख आफूपट्टि ढलेको थियो । ढलेको रुखले किचेर घटनास्थालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी जीतपुरबाट र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
