विराटनगरः मोरङको सिंघिया खोलामा एक महिलाको शव भेटिएको छ । उनको विराटनगरस्थित सिंघिया खोलामा डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
विराटनगरमा मंगलबार दिउँसो एक महिला मृत भेटिएकी हुन् । विराटनगर–३ घर भएकी ४३ वर्षीया सुमित्रा खतिवडा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटना वषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । पोष्टमार्टम रिपोर्टले घटनाबारे थप कुरा खुल्ने उनले जानकारी दिए ।