Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटाको छिन्ताङमा रुखले किच्दा मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७८, बुधबार
धनकुटाको छिन्ताङमा रुखले किच्दा मृत्यु

धनकुटाः जिल्ला धनकुटा सहिदभूमी गाउँपालिका–३ छिन्ताङका ४२ वर्षीय नारायणकुमार राईको रुखले किचेर मृत्यु भएको छ ।
मंगलबार दिनको ३ बजे छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटी ढाल्न डोरीले तान्ने क्रममा सोही रुखले किचेर राईको घटनास्थलमै मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय छिन्ताङ र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend