Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तरकारी बोकेको झोलाभित्र लागूऔषध फेला

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७८, बुधबार
तरकारी बोकेको झोलाभित्र लागूऔषध फेला

बिर्तामोडः झापा गौरीगञ्ज गाउँपालिका–२ लालमाटीस्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय लोकेन्द्र खड्का र सोही स्थानका २४ वर्षीय कमल दाहाल रहेका छन् । उनीहरुले तरकारी बोकेको झोलाभित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, वीन स्पास्मो ४८ २८ ट्याब्लेट र नाइट्राभेट–३० ट्याब्लेट फेला पारेको हो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend