Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सर्दु जलाधारको १८२ बिघा जग्गा फिर्ता शीर्षकमा समाचार लेख्ने धरानका पत्रकारलाई धम्की

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७८, बुधबार
सर्दु जलाधारको १८२ बिघा जग्गा फिर्ता शीर्षकमा समाचार लेख्ने धरानका पत्रकारलाई धम्की

धरानः धरानको सर्दु जलाधारको विषयमा समाचार लेखेकै आधारमा कारवाही साथै सामाजिक बहिष्कारको धम्की दिइएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता रत्नप्रसाद आचार्यलाई नेपाली कांग्रेसका विभिन्न भाृत संगठन र धरान फुटबल क्लबले विज्ञप्ति नै जारी गरेर कारवाहीको धम्की दिइएको छ ।
यसै विषयमा नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ति जारी गरी पत्रकारलक्षित अभिव्यक्ति र धम्कीको भत्र्सना गरेको छ । पत्रकारआचार्यले यसअघि ‘सर्दु जलाधारको १८२ बिघा जग्गा फिर्ता’ शीर्षकमा अन्नपूर्ण पोष्ट दैनिकमा समाचार लेखेका थिए । सचिव ध्रुव ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले यस्तो कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन स्थानीय प्रशासनसँग माग गरेको छ ।
‘साथै प्रेस तथाअभिव्यक्ति स्वतन्त्रताको पक्षमा व्यवहारिक रुपमा प्रतिबद्ध बन्न र नागरिकको सुसूसचित हुन पाउने अधिकारको सम्मान गर्न सम्बन्धित सबैमा महासंघ अपिल गर्दछ ।’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघले समाचारप्रति चित्त नबुझे कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्दति रहँदा रहँदै यसरी अपमानजनक शब्द प्रयोग गरी लान्छना लगाइनु प्रेसविरोध कार्य हो ।’
नेपाल दलित संघ धरान उपमहानगर कमिटी, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सुनसरी, नेपाल विद्यार्थी संघ, धरान फुटबल क्लबलगायतले विज्ञप्ति नै जारी गर्दै पत्रकार आचार्यलक्षित धम्कीपूर्ण भाषा प्रयोग गरिएको छ । आचार्यले प्रकाशित गरेको समाचारमा केही व्यक्तिको नाम समेत मुछिएको छ ।

प्रकाशित मिति: जेष्ठ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend