Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा बिरामीसँगै आएका बिरामी कुरुवा बेपत्ता

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७८, बिहिबार
धरानको बीपी प्रतिष्ठानमा बिरामीसँगै आएका बिरामी कुरुवा बेपत्ता

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि एकजना बिरामी कुरुवा बेपत्ता भएका छन् ।
काकाको छोराको उपचारका लागि प्रतिष्ठान आइपुगेका उनी बुधबारदेखि नै बेपत्ता भएको आफन्तले बताएका छन् । वर्ष ४३ को गणेशकुमार राई बेपत्ता बनेको आफन्त बिना राईले जानकारी दिइन् । उनी अन्य आफन्तसँगै प्रतिष्ठान आएका थिए । भोजपुरबाट रेफर भएका बिरामीको उपचारका लागि भन्दै उनी यहाँ आएको पाइएको बेपत्ता बनेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । ‘आफन्तले मानिस हराएको भन्दै निवेदन समेत दिएको पाइएको छ’, उनले भने, ‘हामी खोजीमा लागिरहेका छौं ।’
आफन्त बिनाका अनुसार उनी र प्रतिष्ठानका चिकित्सकसँग केही भनाभन समेत भएको पाइएको छ । ‘चिकित्सकसँग केही भनाभन भएको थियो भन्ने जानकारी पाइयो’, उनले भनिन्, ‘त्यसपछि त्यहाँका सुरक्षा गार्डले सम्झाएपछि उनी बाहिर निस्किएको र एकाएक बेपत्ता भएका थिए ।’ इमरजेन्सीमा उपचाररत आफन्तसँग अन्य आफन्त पनि आएका थिए । बुधबार ३ः०० बजेदेखि बेपत्ता उनको मोबाइल पनि स्वीचअफ रहेको आफन्तले बताएका छन् ।
‘मोबाइल नै स्वीचअफ छ, सोधीखोजी गर्ने ठाउँतिर पनि सबैतिर सोधीखोजी गरिसक्यौं, त्यही भएर प्रहरीमा पनि मानिस हराएको भनेर निवेदन दिइसकेका छौं’, आफन्त प्रजला राईले भनिन् । कोही कसैले फेला पार्नुभएमा ९८१८८८७५४२ मा सम्पर्क गरिदिन हुन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: जेष्ठ १३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend