Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खाली सडकमा पनि दुर्घटना, कानेपोखरीमा एकको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ १४ २०७८, शुक्रबार
खाली सडकमा पनि दुर्घटना, कानेपोखरीमा एकको मृत्यु

विराटनगरः निषेधाज्ञाका कारण अहिले सडक पनि सुनसान अर्थात् खाली नै हुने गरेको छ तर दुर्घटनामा भने कमी हुन सकेको छैन । मोरङको कानेपोखरी गाउँपालिका–५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
बिहीबार साँझ ६ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२त ९८५८ नम्बरको ट्याक्टरले वितरीत दिशाबाट आउँदै गरेको को३२प ३७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका–२ केरौनका ३२ वर्षीय दिलीप चौधरी घाइते भएका थिए । घाईतेलाई उपचारको लागि कोशी अस्पताल पठाइएकोमा उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको हो भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: जेष्ठ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend