Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लगातारको वर्षाले अरुण तेस्रोको बाँध बाढीले बगायो

हाम्रो कोशी आवाज
जेष्ठ १४ २०७८, शुक्रबार
लगातारको वर्षाले अरुण तेस्रोको बाँध बाढीले बगायो

संखुवासभाः संखुवासभामा निर्माणाधीन अरुण तेस्रोको बाँध बाढीले बगाएको छ ।
मकालु–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन रहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सनल टनेलमा पानी हाल्न तयार गरेको बाँध बाढीले बगाएको हो ।
बिहीबारदेखि लगातार परेको पानीपछि अरुण नदीमा आएको बाढीले बाँध बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कविन राईले जानकारी दिए । डाइभर्सनल टनेल बाढीले बगाएपछि त्यो सेक्टरको काम रोकिएको छ ।
बाढीले ड्याम भत्काउँदा पानी प्याँक्न प्रयोग गरिएका डिवाइटिङ पम्प तीन वटा र पम्पमा लाग्ने फलामे पाइप ४० मिटर, सिमेन्ट, गिटी, कङ्क्रिट गर्दा प्रयोग गरिने दुई सय लिटरको टिनको खाली केमिकल ड्रम ३५ वटा, टिनले बारेको ६–६ मिटरको टिनको तीन वटा पोस्ट घरसहित बगाउँदा झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
यो ड्याम साइटमा भारतीय जेपी एसोसियट कम्पनीले काम गरिरहेको छ । सन् २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको नौ सय मेगावाटको अरुण तेस्रो विद्युत् आयोजना भारतीय सरकारी जलविद्युत् कम्पनी सतलज एसजेभीएन कम्पनीले निर्माण गरिरहेको छ ।

प्रकाशित मिति: जेष्ठ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend