Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पिलुवा खोला तर्ने क्रममा अरुण भ्याली हाइड्रोपावरका कर्मचारी बगायो, मृत भेटिए

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७८, शनिबार
पिलुवा खोला तर्ने क्रममा अरुण भ्याली हाइड्रोपावरका कर्मचारी बगायो, मृत भेटिए

संखुवासभाः संखुवासभाको पिलुवा खोलाले अरुण भ्याली हाइड्रोपावरका कर्मचारीलाई बगाएको छ ।
खोलाले बगाउँदा उनको मृत्यु समेत भएको छ । मादी नगरपालिका–५ मूलपानीका ३० वर्षीय महेश दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
हाइड्रोपावरका कर्मचारी दाहाललाई शुक्रबार दिउँसो ३ बजेखोला तर्ने क्रममा पिलुवा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरी थियो । उनको शव शनिबार बिहान घटना स्थलभन्दा एक किलेमिटर तल चैनपुर नगरपालिका–७ मा फेला परेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए ।
उनी घरबाट कार्यालय आउँदै गर्दा पिलुवा खोलाले बगाएको थियो । उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्रले चैनपुर ल्याइएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend