बिर्तामोडः झापाको शिवसताक्षीमा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ ।
शिवसताक्षी–९ दूधेस्थित पक्की भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे.१२ प २३८४ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं. १. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी राईको उपचारका क्रममा बिहान ४ बजेतिर जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो ।
दुर्घटनामा शिवसताक्षी–६ बस्ने वर्ष ४० को जीवनकुमार दर्जी गम्भीर घाइते भएका थिए । उनको बिर्तामोड बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा आइतबार राति ८ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । निषेधाज्ञाका कारण सडक खाली रहेतापनि तीब्र गतिमा सो सवारी चलाइएको र दुर्घटना भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
फिदिम–३ सुमिना चौकस्थित मेची लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र१–०१–००१च ७७०६ नं. को एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खस्दा एकजनाको मृत्यु भएको छ । सोही एम्बुलेन्समा सवार याङवरक २ बस्ने वर्ष ५० कि ममता राई गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो ।
फिदिम–३ बस्ने वर्ष १९ को हेमन्त सुब्बा सामान्य र ताप्लेजुङ सिदिङवा–३ बस्ने वर्ष ५५ को डोडकुमार राई सामान्य घाइते भएका छन् । चालक पाँचथर हिलिहाङ–२ बस्ने वर्ष २८ को वीरेन्द्र धिताल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्र गतिमा एम्बुलेन्स चलाउँदा सो दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
