Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी गाउँपालिकामा ६ बोरा गाँजासहित यादव समातिए

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०७८, सोमबार
कोशी गाउँपालिकामा ६ बोरा गाँजासहित यादव समातिए

सुनसरीः सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय गणेश यादव रहेका छन् । आइतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अवस्थामा ६ बोरा तयारी लागूऔषध गाँजासहित यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उता औषधी कालोबजारी गर्ने मोरङ विराटनगर–१५ रानी स्थित जनता मेडिकल स्टोर सञ्चालन गरी सोही स्थान बस्ने ३५ वर्षीय रवि कुमार रजकलाई पक्राउ गरिएको छ ।
आइतबार दिउँसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा रजकको घर कोठाबाट फिजिसियन स्याम्पलका औषधीहरु, मुटु सम्बन्धीका औषधीहरु, पेनकिलर, एन्टिबाइटिक, इन्जेक्सन, बच्चाको कफसम्बन्धी औषधीहरु र सेनीटाइजरलगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरु बरामद गरेको हो । उनले औषधिहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend