सुनसरीः सुनसरीको कोशी गाउँपालिका ३ नहर चोकस्थितबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहारका २८ वर्षीय मजरुल हक रहेका छन् ।
सोमबार बेलुका साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसी थान–५०२. नाइट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेटसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको छ ।
