Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रमा टयाक्टरबाट लड्दा चक्काले किचेर सहचालकको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ १८ २०७८, मंगलबार
बराहक्षेत्रमा टयाक्टरबाट लड्दा चक्काले किचेर सहचालकको मृत्यु

धरानः मंगलबार बिहान साढे ८ बजे भएको सडक दुर्घटनाबाट सुनसरी र इलाममा २ जनाको मृत्यु भएको छ ।
सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाइ चौकस्थितमा दक्षिणतर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङ साकेला गाउँपालिका १ डाँडागाउँका २२ वर्षीय विष्णुकुमार बस्नेत अचानक लडी पछाडि डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका १० दाजुभाइ चौकका ४५ बर्षीय भीबहादुर कार्की इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको नियन्त्रणमा रहेको छ ।
त्यस्तै, इलाम नगरपालिका ११ आले चोकस्थित भित्री सडक खण्डमा बिर्तामोडबाट जीतपुरतर्फ जादै गरेको ना२ ख ९२०५ नम्बरको ट्रकले सोही स्थान बस्ने पैदल यात्री ८२ वर्षीय पदमबहादुर तामाङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालक पाँचथर हिलिहाङ ७ का २३ वर्षीय चन्द्रबहादुर तामाङ प्रहरी चौकी चिसापानी इलामको नियन्त्रणमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend