खोटाङः खोटाङमा टयाक्टरले किच्दा एकजनाको मृत्यु भएको छ ।
मङ्गलबार राति साढे १० बजेतिर टयाक्टरले किच्दा २० वर्षीय चालक रोशन राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हलेसी–तुवाचुङ–११ स्थित भित्री सडक खण्डमा ना६त १९१० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर पल्टिएको थियो । पल्टिएको टयाक्टरले किच्दा राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धितुङबाट सुनकोसीतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । लैकुखोला नजिकको टर्निङमा ट्याक्टर पल्टिँदा राउतको घट्नास्थलमै मृत्यु भएको धितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिए । वडा कार्यालय धितुङको निर्माणाधिन भवनका लागि बालुवा लिन जानेक्रममा सडकमा ट्याक्टरको अगाडिको भाग पल्टिएको र सोही भागले किच्दा चालकको मृत्यु भएको जनाइएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको वडासदस्य कार्कीले बताए ।
