ताप्लेजुङः मंगलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका दिनेश चौहानको शव फेला परेको छ ।
पौडी खेल्नेक्रममा हप्पुखोलाले बगाएको चौहानलाई आम्बेगुदिन–मेहेले जोड्ने निर्मााणधिन मोटरेबल पुलको छेउमा रहेको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । स्काभेटरको माध्यमबाट पोखरीको पानी फालेर प्रहरी र स्थानीयले शवलाई बुधबार बिहान निकालिएको प्रहरीले जनाएको छ ।
चौहान पौडी खेल्ने क्रममा मंगलबार बिहान ११ बजे बेपत्ता भएका थिए ।
