Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाका बिरामी हेरेर घर फर्किएका स्वास्थ्यकर्मीमाथि प्रहरीको भाटा

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७८, बुधबार
कोरोनाका बिरामी हेरेर घर फर्किएका स्वास्थ्यकर्मीमाथि प्रहरीको भाटा

विराटनगरः कोरोनाको कहरमा ड्युटी सकेर घर आउँदै गरेका एक स्वास्थ्यकर्मीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ ।
कोशी अस्पतालमा कार्यरत सिनियर अहेव अशोक राजवंशीलाई मंगलबार राति ९ बजे विराटनगरको देवकोटा चौकमा ड्युटीमा खटिएका प्रहरीले कुटपिट गरेका हुन् ।
आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदा पनि रातको समयमा हिँड्ने भन्दै प्रहरीले कुटपिट गरेको उनले जानकारी दिए । विराटनगरस्थित देवकोटा चौकमा रहेको प्रहरीको टोली कमाण्डरले नकुट भन्दा प्रहरीले कुटपिट गरेको प्रहरीको भनाइ छ । कुटपिटबाट राजवंशीको खुट्टा र घुँडामा चोटपटक लागेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले चेकजाँचको क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि प्रहरीमाथि अनुसन्धान भइरहेको बताएका छन् ।
ड्युटी सकेर घर फर्किएका स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्ने उनले बताए ।
यसैबीच स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग राख्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
महामारीको रूपमा फैलिएको कोभिड १९ का विरामीको उपचारमा फ्रन्टलाइनमा रहेर खटिएको स्वास्थ्यकर्मीमाथि भएको कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग राख्दै बुधबार कोशी अस्पताल परिसरभित्र स्वास्थ्यकर्मी र चिकित्सकहरू आन्दोलित भएका हुन् ।
कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्नुको साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा अस्पताल परिसरमा आन्दोलित भएका हुन् । नेपाल चिकित्सक संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीमाथि सुरक्षा दिन बसेका प्रहरीले अमर्यादित तवरले कुटपिट गर्नु गम्भीर विषय भएको बताए ।

प्रकाशित मिति: जेष्ठ १९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend