धरानः सुनसरीको इनरुवामा ठक्करले साइकलयात्री गम्भीर घाइते बनेका छन् ।
इनरुवा–६ स्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१६च ५४६१ न. को पिकअपले साइकलयात्री कोशी गाउँपालिका–८ बस्ने वर्ष ४२ को राजेन्द्र यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।
उनको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । पिकअप चालक झापाको सुरुङगा–४ बस्ने वर्ष ३५ को अमरबहादुर कार्की जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
तीब्र गतिमा सवारी चलाएको कारण दुर्घटना भएको प्रदेश नं.१ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उता मोरङमा मोरङ मोटरसाइकलको ठक्करले एकजना गम्भीर घाइते भएका छन् । बुढिगंगा गाउँपालिका २ स्थित विराट मेडिकल कलेज अगाडि पक्की सडकको कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको तत्काल अल्फावेट नखुलेको ६५१५ नं. को कालो सुपर स्प्लेण्डर मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा साइकल यात्री गम्भीर घाइते भएका हुन् ।
दुहबी नगरपालिका ६ बस्ने वर्ष ४० को लालु यादव घाइते भई तत्काल उपचारको लागि बिराट मेडिकल कलेज अस्पतालमा लगेकोमा थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरी जनाएको छ । मोटरसाइकल चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । तीब्र गतिमा सवारी चलाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कारले मोसालाई ठक्कर दिदा दुईजना गम्भीर घाइते भएका छन् । उदयपुरगढी–६ टठकुले स्थित मदन भण्डारी पिच सडक खण्डमा गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बा १२ च ९८६२ नं.को कारले सोही दिशातर्फ जाँदै गरेको स१०प २७२ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
वर्ष ४२ को टठबहादुर राई र पछाडि सवार वर्ष ४० को अमृत तामाङ गम्भीर घाइते भएको र उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको प्रहरीले जनाएको छ । कार चालक त्रियुगा–१० बस्ने वर्ष ४० को भागवत राउत प्रहरी नियन्त्रणमा छन् । तीब्र गतिमा सवारी चलाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
