Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हत्यामा संलग्नको आरोपमा समातिएका सार्वजनिक

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७८, बिहिबार
हत्यामा संलग्नको आरोपमा समातिएका सार्वजनिक

विराटनगरः प्रहरीले हत्यामा संलग्नको आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
मोरङको केराबारी गाँउपालिकास्थित जङ्गलमा शिकार खेल्ने क्रममा भएको हत्या घटनामा संलग्न भएको आरोपमा चारजना हतियारसहित पक्राउ परेपछि सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार गाँउपालिकास्थित बाँसघारी खोप सहकारी राष्ट्रिय वनमा शिकार खेल्ने क्रममा बैशाख ८ गते ३२ वर्षीय हस्तकुमार राईको गोली लागि मृत्यु भएको थियो ।
२६ वर्षीय रुविन लिम्बू, ३७ वर्षीय गजेन्द्रबहादुर राईसहित १० जनाको समूह रहेको प्रहरीले जनाएको छ । रुविन र गजेन्द्रलाई घटना भएको भोलिपल्ट बैशाख ९ गते नै प्रहरीले पक्राउ गरेपनि अन्य भने फरार रहेका थिए । फरार रहेकामध्ये प्रहरीले केराबारी गाँउपालिका ३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धविर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका १ का १९ वर्षीय विपन लिम्बूलाई प्रहरीले जेठ १९ गते नै पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट शिकार खेल्दा प्रयोग गरिएको चार थान भरुवा बन्दुकसमेत बरामद गरेको छ । बैशाख ८ गते शिकार खेल्दै गर्दा राती करिब ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली हस्तलाई लागेको अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीले जनाएको छ । गत वैशाख ८ गते राति १० जनाको समूह केराबारीको बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा वन्यजन्तुको शिकार खेल्न गएको थियो । मृगलाई ताकेर हानेको बन्दुकले छर्राले  केराबारी–३ का ३२ वर्षीय हस्त राईको घटनास्थलमै मृत्यु भएको थियो । ३७ वर्षीय गजेन्द्र राईले मृगलाई हानेको भरुवा बन्दुकको छर्राले हस्तलाई लागेको थियो ।घटना भएको भोलिपल्ट गजेन्द्र र २६ वर्षीय रुविन लिम्बू एक नाल भरुवा बन्दुकसहित पक्राउ परेका थिए । अनुसन्धानकै क्रममा पक्राउ परेका दुई जनाले दिएको बयानका आधारमा प्रहरीले फरार रहेका अरुको खोजी गरिरहेको थियो । घटनामा संलग्नमध्ये तीन जना अझै फरार छन् ।

प्रकाशित मिति: जेष्ठ २० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend