Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सर्दु जलाधारको जग्गामा हाम्रा नेताको चलखेल छैनः कांग्रेस, माओवादी

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७८, बिहिबार
धरानको सर्दु जलाधारको जग्गामा हाम्रा नेताको चलखेल छैनः कांग्रेस, माओवादी

धरानः धरानको सर्दु जलाधारको जग्गामा आफूहरुको संलग्नता र चलखेल नरहेको नेताहरुले स्पष्ट पारेका छन् ।
पार्टीले नै विज्ञप्ति जारी गरेर आफ्ना नेताहरुको सो जग्गामा संलग्नता नभएको जनाइएको छ ।
‘सर्दु जलाधारको १८२ बिघा फिर्ता’ शीर्षकमा एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर दुई पार्टीले नै विज्ञप्ति जारी गरी आफ्नो नेताहरुको संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।
नेपाली कांग्रेस सुनसरी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भ्रामक समाचार समेत भनेको छ ।
कांग्रेसका जिल्ला सचिव केदार भण्डारी र माओवादी केन्द्रका सुदर्शन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आफ्ना नेताहरुको संलग्नता र चलखेल नभएको स्पष्ट पारेका हुन् । ‘नेपाली कांग्रेसका युवा नेता किशोर राईलाई धरान नगर सभापति भएको समयको निराधार, बिना प्रमाण कसैको चरिचत्र हत्या गर्ने दुरासायी मनसायले समाचार निकालिएको हो ।’ विज्ञप्तिमा भनिएको छ । यस्ता समाचारले पत्रकारका विषयमा समाजले राखेको आशा र विश्वास धारासायी भएको कांग्रेसको ठहर छ ।
‘सर्दु जलाधारसँग सम्बन्धित विषयलाई लिएर हाम्रो पार्टीसम्बद्ध नेता क. सुरेशकुमार राई (क. हिमाल), क. मुक्सामहाङ मेन्याङ्बो (क. मुकेश) र फोक्वाहाङ सुब्बा (क. चोत्लुङ)लाई आरोपित गर्दै जग्गा माफियामार्फत जग्गासहित मोटो रकम लिएको समाचार प्रकाशन भएकोमा आपत्ति छ’, केन्द्रका सचिव श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘असन्तुलित, कपोलकल्पित समाचारको भ्रममा नपर्नअपिल गर्दछौं ।’

प्रकाशित मिति: जेष्ठ २० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend