इटहरीः मोटरसाइकल चोरीको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा इटहरी उप–महानगरपालिका–२ का ४० वर्षीय सुवास चन्द्र राई, इटहरी–२० का ३८ वर्षीय बलराम गुरुङ र इटहरी–१३ का २६ वर्षीय राजेश मेहेता रहेका छन् ।
जेठ १२ गते मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश–१–०५–००१ प.००६१ न.को एनएस २०० सिसीको मोटरसाइकल हराएको भनी जानकारी पाएलगत्तै अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुलाई इटहरीको खनारबाट चोरी भएको मोटरसाइकलसहित २० गते बिहीबार राति १० बजे पक्राउ गरेको हो । उनीहरुले रोकिराखेको मोटरसाइकल चोरेर त्यहाँ पुरयाएका थिए । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
