Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालकसहित तीनजना सवार मोटरसाइकलमा लागूऔषध फेला

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७८, शुक्रबार
बालकसहित तीनजना सवार मोटरसाइकलमा लागूऔषध फेला

बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–९ धौलापुरबाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को३प १५३६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेका अर्जुनधारा नगरपालिका–५ का ३० वर्षीय पशुपती राजवंशी, २८ वर्षीय दीपक चौधरी र एक १७ वर्षीय बालकलाई बिहीबार राति ७ बजे १ ग्राम नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: जेष्ठ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend