Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभामा आगलागीमा परेर किरियापुत्री बसेका दम्पत्तिको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७८, शुक्रबार
संखुवासभामा आगलागीमा परेर किरियापुत्री बसेका दम्पत्तिको मृत्यु

संखुवासभाः सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ।
बिहीबार राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए।
सात दिनअघि बितेका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो ।
आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटनास्थमै मृत्यु भएको उनले जानकारी दिए।

प्रकाशित मिति: जेष्ठ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend