ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङ्देवा कटहरेबाट काज किरियासम्बन्धी काम गराउन मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङ पुगेका पण्डित शनिबार बिहान मृत्यु भएको छ ।
मृत्यु हुने पण्डित हाङ्देवा कटहरेका हरिप्रसाद घिमिरे रहेको मिक्वाखोला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । उनी मिक्वाखोला गाउँपालिका वडा नं. २ खोक्लिङ डाँडागाउँकी विद्याश्वरा कार्कीको मृत्युपछि काजकिरियासम्बन्धी काम गराउन त्यहाँ पुगेका थिए ।
शुक्रबार बेलुका खाना खाएर सुतेका पण्डित घिमिरेलाई बिहान मृत अवस्थामा देखिएको थापाले जाकारी दिए । कार्की परिवारले पण्डित घिमिरेका लागि आफ्नो भन्दा पल्लो घरमा बस्ने व्यवस्था गरेका थियो । सधैं पनि ४ बजेतिरै आगो तापेर बस्ने पण्डित घिमिरे शनिबार बिहान पनि उनले आगो तापेर बस्ने ठाउँमै मृत भेटिएको थापाले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख(डिएसपी) बालनरसिंह राणाले जानकारी दिए ।
