सुनसरीः सुनसरी गढी गाउँपालिका २ औरावनी काली मन्दिर टोल का २६ वर्षीय बाबुलाल यादवको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नो घरमा इन्भर्टरबाट लाइन जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि लाने क्रममा बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
