ओखलढुंगाः ओखलढुङ्गाको मोलुङ गाउँपालिका ७ का २५ वर्षीय रविन अधिकारी लडेर पानीमा डुबेर मृत्यु भएको छ ।
सोमबार बेलुका ४ बजे अधिकारी साथीहरुसँग सोही स्थानमा रहेको मोलुङ खोलाबाट माछा मारी घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडेर कुलोको पानीमा डुबी मृत्यु भएको भन्ने जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी प्राप्चा र इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
