धरानः धरानको छाताचोकस्थित स्वास्थ्यचौकीमा कोरोना भाइरसविरुरद्धको खोप लगाउन उत्साहित देखिएका छन् ।
मङ्गलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइयो । उनीहरुलाई चिनियाँ कम्पनीले अनुदानका रुपमा दिएको कोरोना खोप ‘भेरोसेल’ लगाउन लगाइएको हो ।
खोपका लागि सर्वसाधारणहरु लामो लाइन बसेका थिए । मङ्गलबार १० बजेदेखि खोप लगाउने भएपनि अघिदेखि नै लाइन लागेको थियो । धरानमा ज्येष्ठ नागरिकहरुलाई भेरो सेल खोप लगाउन थालिएको हो । चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको हो ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानमा २१ सय ६० जनालाई खोप लगाइने जानकारी दिए । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा जेठ २५, २६ र २७ गतेसम्म तीनदिनसम्म खोप लगाइने व्यवस्था रहेको जानकारी दिए ।
पहिलो दिन मात्रै धरानमा लगभग १ हजार भन्दा बढीले खोप लगाएका छन् । गत फागुनमा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, कर्मचारीलगायतलाई भारतले अनुदान दिएको खोप कोभिसिल्ड लगाइएको थियो । उनीहरुका लागि दोस्रो डोजको खोप आगामी असार पहिलो सातादेखि लगाउने स्वास्थ्य महाशाखाले जनाएको छ ।
तस्वीरः हाम्रो कोशी आवाज




















