धरानः नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले बहुप्रतिक्षित होण्डाको सीबी ३५० डीलक्स नेपालमा सार्वजनिक गरेको छ ।
स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले सो मोटरसाइकलको सार्वजनिक गरेका छन् । नेपालमा होण्डाको सिबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यसले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुनेमा कम्पनी विश्वस्त रहेको ज्योतिले जानकारी दिए । ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इञ्जिन रहेको छ ।
मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध छ । रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टु एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित ीभ्म् हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्येका केही विशेषताहरु हुन् । नेपाली बजारमा यसको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
