Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नाङ्गो तार छुँदा करेन्ट लागेर नाबालकको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ २६ २०७८, बुधबार
नाङ्गो तार छुँदा करेन्ट लागेर नाबालकको मृत्यु

बिर्तामोडः बिर्तामोड–१० ठुटेबर चोक स्थितमा बस्ने कुमार गुरुङको ३ वर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडि रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई कानुनी कारवाही भइरहेको छ ।

प्रकाशित मिति: जेष्ठ २६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend