Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ का छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०७८, शुक्रबार
प्रदेश १ का छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

धरानः झापाको छुट्टाछुट्टै दुई स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका–३ बस्ने ८२ वर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुरयाउँदा मृत्यु भइसकेको थियो ।
त्यस्तै, बिहीबार बेलुका पौने ६ बजे कमल गाउँपालिका ७ लालधोन्द्रास्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ वर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लैजानै क्रममा बाटैमा मृत्यु भएको छ । घटना भएको दुवै स्थानमा प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको छ ।
यस्तै, पाँचथर हिलिहाङ गाउँपालिका १ स्थितमा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाइपले लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका २ का २९ वर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाइप बा३क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाइपले लागी घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई क्रेन अप्रेटर बारा सखुवाघाट गाउँपालिका ७ का २८ वर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ २८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend