Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओलीको जन्मस्थल हुँदै मदन भण्डारीको जन्मस्थल जाने सडक कालोपत्रे गर्ने तयारी

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०७८, शुक्रबार
ओलीको जन्मस्थल हुँदै मदन भण्डारीको जन्मस्थल जाने सडक कालोपत्रे गर्ने तयारी

ताप्लेजुङ: तेह्रथुमको सुके पोखरी हुँदै जननेता मदनकुमार भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गेसाँघुसम्मको सडक कालोपत्रे हुने भएको छ । सो का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ७० करोडको ठेक्का आह्वान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घर तेह्रथुमको छाते ढुङ्गा, ईवा, ह्वाकु र चोकपुर खण्ड कालोपत्रे हुन लागेको हो ।
नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको जन्म घरदेखि निगुरादिन र हाम्पाङ खण्डमा आठ किलो मिटर पहिलो चरणमा कालोपत्रे गर्न बहुवर्षीय योजनाअन्तर्गत ठेक्का आह्वान भएको उत्तरदक्षिण लोकमार्ग, कार्यालय ताप्लेजुङको सूचना अधिकारी ई।माधव पौडेलले बताए । यस्तै ताप्लेजुङको सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटी सम्म ११ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । मन्त्रालयले पाथीभरा क्षेत्रको लागि रु ९५ करोडको ठेक्का आह्वान गरेको छ ।

प्रकाशित मिति: जेष्ठ २८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend