Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तरहरामा पैनीमा माछा मार्दा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ २९ २०७८, शनिबार
तरहरामा पैनीमा माछा मार्दा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु

इटहरीः सुनसरीको इटहरीमा श्रीमान श्रीमती मृत फेला परेका छन् ।
इटहरी–२० तरहराको एक पैनीमा श्रीमान श्रीमती एकैठाउँ मृत फेला परेका हुन् । तरहरामा माछा मार्ने क्रममा श्रीमान श्रीमतीकै मृत्यु भएको हो । आफ्नो तीन वर्षको नानी सुतेको बेला उनीहरु माछा मार्न गएका थिए । उनीहरुको तीन वर्षीया छोरी रहेकी छिन् ।
रोयल फर्निचर इटहरीमा काम गर्ने रौताहा गाउँपालिका उदयपुरका २५ वर्षीय हेमशेर राई र २२ वर्षीय निजकी श्रीमती सर्मिला राईको मृत्यु भएको इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिए ।
मध्यरातमा खार्सला पैनीमा माछा मार्ने क्रममा करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend