विराटनगरः मोरङको उर्लाबारी नगरपालिका ६ स्थित पूर्व बसपार्क नजिकबाट प्रतिबन्धित औषधिसहित एकजनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थान १ बस्ने २१ वर्षीय सुमन दमाई रहेका छन् । शुक्रबार राति ९ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधि ट्रमाडोल १७० क्याप्सुल र स्पासपेन २०० क्याप्सुलसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
