इलामः इलाम नगरपालिका ७ ताराकुटीडाँडा फूलगाछीका ५० वर्षीय वीरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो लाइन बनाउन भरयाङ लगाइ बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर घाइते भएका लिम्बूको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा सोही दिनको पौने ३ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।