Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा २५ कृषकलाई कालोबङ्गुरको पाठापाठी वितरण

हाम्रो कोशी आवाज
जेष्ठ २९ २०७८, शनिबार
धरानमा २५ कृषकलाई कालोबङ्गुरको पाठापाठी वितरण

धरानः धरानमा विपन्न समुदायको आयआर्जन बढाउन भन्दै बङ्गुरका पाठापाठी वितरण गरिएको छ ।
संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा सो पाठापाठी वितरण गरिएको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी (सुवेदी), नेकपा माओवादी केन्द्र नेता अइन्द्रविक्रम बेघा, नेपाली कांग्रेसका श्याम पोख्रेल, जनता समाजवादी पार्टीका ताजुब लिम्बू, समिति अध्यक्ष पर्शुराम कटुवाल धरान कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कटुवाल, धरान पशुसेवा शाखाका महेन्द्रकुमार पैकार, पशु चिकित्सक वृख कुलुङ लगायत अन्य राजनीतिक दलको उपस्थितिमा सो पाठापाठी वितरण गरिएको थियो ।
२५ जना कृषकलाई चारवटाको दरले पाठापाठी वितरण गरिएको हो । कृषक र कृषक समूहलाई ३ वटा भुनी र एउटा बुच्चा (भाले) गरी जम्मा चारवटा पाठापाठी वितरण गरिएको थियो । कालो बङ्गुर उत्पादन गर्ने उद्देश्य रहेको पशु चिकित्सक कुलुङले जानकारी दिए । यस्तै, कृषकलाई औषधि, सुई पनि वितरण गरिएको थियो ।
धरानको कालो बङ्गुरको प्रचारअनुसारको उत्पादनमा जोड दिन र यी बाँडिएको पाठापाठीहरु किसानलाई उत्प्रेरित गर्न बाँडिएको मेयर राईले जानकारी दिए । कार्यक्रममा बोल्दै उनले पाठापाठी वितरण गर्ने मात्रै होइन अनुगमन समेत गरिने बताए । किसानको आवश्यकताअनुसार र व्यवसायिकरुपमा बङ्गुरपालनमा लागेका किसानलाई बङ्गुरको पाठापाठी दिइएको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै माओवादी नेता बेघाले अनुदानको सही सदुपयोग हुनुपर्ने धारणा राखे । उनले दलीय समर्थन र पहुँचको हिसाबले नभई होइन खास किसानले अनुदान पाउनुपर्ने बताए । उनले धरानको कालो बङ्गुरको ब्राण्ड स्थापित रहेको र यसबाट धरान नगर सरकार र यहाँका किसानले व्यवसायिक फाइदा लिन सक्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति: जेष्ठ २९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend