Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा एकको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०७८, आइतबार
दुर्घटनामा एकको मृत्यु

उदयपुरः उदयपुर ताप्ली–४ पोखरीस्थितको कच्ची सडकमा बोलेरो खस्दा एकजनाको मृत्यु भएको छ ।
शनिबार बेलुका साढे ७ बजे लहानबाट लखनडाँडातर्फ मिलको मेशिन बोकेर जाँदै गरेको बा१८च १५६७ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा बोलेरोमा सवार चारजनामध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भएको १ नं. प्रदेश कार्यालय विराटनगरका सूचना अधिकृत प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
मृत्यु हुनेमा सिन्धुली दुधौली–१० का ६० बर्षीय इन्द्रबहादुर विक रहेका छन् । सो दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ वर्षीय डाँक नारायण श्रेष्ठ, उदयपुर ताप्ली–४ ठानागाँउ ज्यामिरेका ३० वर्षीय झगरबहादुर सार्की र सोही स्थानका २६ वर्षीय डम्वरबहादुर तामाङ घाइते भएका छन् ।
घटनाको जानकारी पाएलगतै प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट प्रहरी टोली खटि गई घाइतेहरु मध्ये श्रेष्ठ र सार्कीलाई उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाएको छ भने अर्का घाइते तामाङ सामान्य हातखुट्टामा चोट लागेकोले सामान्य उपचारपश्चात् घर पठाइएको छ । इलाका प्रहरी कार्यालय कटारीका अनुसार दुर्घटनामा परी मृत्यु भएका विकको बारेमा कानुनी प्रक्रिया पूरा गरिएको छ ।

प्रकाशित मिति: जेष्ठ ३० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend