Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानलगायत सुनसरीमा निषेधाज्ञा लम्ब्याइयो

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०७८, आइतबार
धरानलगायत सुनसरीमा निषेधाज्ञा लम्ब्याइयो

धरानः अन्ततः धरानलगायत सुनसरीमा एक साताको लागि निषेधाज्ञा लम्ब्याइएको छ ।
असार १ गतेदेखि ७ गतेसम्मको लागि निषेधाज्ञाको समय बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकृत महेशकुमार पोखरेलले जानकारी दिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार यो समयमा खाद्यान्न, दुध, डेरी, पुस्तक पसल, माछा मासु तथा फलफूल, तरकारीको पसलहरु बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाइनेछ । यसअघि जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको थियो ।
उनका अनुसार निषेधाज्ञा ७ गतेसम्म बढाइएको र खाद्यान्न, दूधलगायतका पसल खोल्ने समय परिवर्तन गरेबाहेक विगतका अन्य कुनै पनि निर्णयहरु परिवर्तन भएको छैन । कुनै पसल बिहान, कुनै पसल दिउँसो र साँझ खोल्दा धेरे चहल पहल हुने र अन्योल पनि भएको हुनाले एकै समयमा सबैलाई खोल्न दिने निर्णय गरिएको सहायक प्रजिअ पोखरेलले जानकारी दिए । उनका अनुसार निर्माण कार्यको लागि लागि ट्रक, ट्याक्टरहरुलाई निर्वाधरुपमा हिँडडुल गर्न दिने निर्णय भएको छ भने किसानको तरकारी बारीमा कुहिएर नष्ट हुन नदिन तरकारी संकलन र ढुवानीलाई पनि छुट दिइएको छ ।

प्रकाशित मिति: जेष्ठ ३० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend