Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापामा निषेधाज्ञा खुकुलो

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०७८, सोमबार
झापामा निषेधाज्ञा खुकुलो

धरानः झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै केही व्यवसाय भने खुकुलो बनाइएको छ ।

आइतवार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमडी) को बैठकले नागरिकको जीवनलाई सहज बनाउन कृषि, खाद्यान्न, हार्डवेयर, बीउ विजन, वर्कसपमा खुकुलो बनाइएको हो ।

बैठकले खाद्यान्न, फलफूल, तरकारी माछामासु, दूध डेरी, पुस्तक पसल, हार्डवेयर पसल बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । हाट बजार, पार्टी, भोज लगायतका भीडभाड हुने कार्य नगर्न समितिले आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने, एटिएम २४ घण्टा खुला राख्न सुचित गरिएको छ ।

यस्तै, सहकारीहरूलाई घर पसल तथा समूहमा गई बचत संकलन गर्ने कार्य हाललाई स्थगित गरिएको छ । मल खाद्य, बीउविजन, कुखुराका चल्ला, दाना,पशुपंक्षीका आहारसम्बन्धी पसललाई बिहान १० देखि ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । हार्डवेयरसम्बन्धी पसल बिहान ६ बजेदेखि १० बजेसम्म खुला गर्न पाइने छ ।

प्रकाशित मिति: जेष्ठ ३१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend