धरानः धरान–१६ मा रहेको अन्नपूर्ण युवा समूहले वडाका ७ घरपरिवारलाई आइतबार खाद्य सामग्री प्रदान गरेको छ ।
समूहका अध्यक्ष अनिष श्रेष्ठ, उपाध्यक्ष गौतम खालिङ राई, सह–सचिव विशाल बराइली, होप धरानका अध्यक्ष निश्चल पलिखे लगायतले १५–१५ किलो चामल, दाल, नुन, तेल, आलु हस्तान्तरण गरे ।
धरान–१७ निवासी (हाल टर्की) होप धरानकी ओभरसिज एडभाइजर श्यामकला राईको आर्थिक सहयोग र होप धरानको समन्वयमा खाद्य सामग्री प्रदान गरिएको होप धरानका अध्यक्ष पलिखेले जानकारी दिए ।
विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएको अन्नपूर्ण युवा समूहले आगामी दिनमा पनि निरन्तरता दिँदै जाने समूहका सह–सचिव विशाल बराइलीले जानकारी दिए ।

