Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साथीबीचको आपसी झगडामा लिङ्देनको हत्या

हाम्रो कोशी आवाज
असार ३ २०७८, बिहिबार
साथीबीचको आपसी झगडामा लिङ्देनको हत्या

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मंगलबार राति हत्या भएको छ।
हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।
स्थानीय इँटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार ३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend