Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भीरबाट खसेको टिपर अरुण नदीको बगरमा पुग्दा धनकुटाका युवाको मृत्यु

हाम्रो कोशी आवाज
असार ३ २०७८, बिहिबार
भीरबाट खसेको टिपर अरुण नदीको बगरमा पुग्दा धनकुटाका युवाको मृत्यु

संखुवासभाः संखुवासभा चिचिला गाउँपालिका–३ स्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजना पुखुवामा टिपर भीरबाट खस्दा धनकुटाका युवाको मृत्यु भएको छ ।
पाथिभरा कन्ट्रक्सनद्वारा सञ्चालनमा रहेको बा५ख १४० नम्बरको टिपर भीरबाट खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेमा टिपरमा सवार धनकुटाका २२ वर्षीय दिपेश भट्टराई रहेको प्रहरीले जनाएको छ ।
घाइते टिफर चालक काभ्रेपलान्चोक भकुण्ढेबेसीका २० वर्षीय नवराज श्रेष्ठ रहेका छन् । बुधबार बेलुका ९ बजे टिपरबाट ढुंगा अनलोड गर्ने क्रममा पछाडि सार्दा ट्रिफर अनियन्त्रित भई भीरबाट अन्दाजी ३०० मिटर तल अरुण नदीको बगरमा झरी दुर्घटना भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी बेश पुखुवा दोभानबाट प्रहरी टोली खटी गई घाइतेलाई उद्दार गरी जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असार ३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend