Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अटोमेटिक पेस्तोलसहित समातिए

हाम्रो कोशी आवाज
असार ३ २०७८, बिहिबार
अटोमेटिक पेस्तोलसहित समातिए

उदयपुरः त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको छ । मोतिगढा स्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा हिजो राती १० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट अटोमेटिक मेडइन युएसए लेखिएको पेस्तोल थान १ र गोली ५ राउण्ड फेला पारेको थियो ।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनकै कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र थान ३, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र थान ८५ समेत फेला पारेको थियो । पक्राउ परेका चौधरीउपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार ३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend