बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ शान्तिनगर टोलस्थितबाट लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय पवन राई रहेका छन् । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर २२ ग्राम फेला पारेको हो । पक्राउ परेका राईउपर इलाका प्रहरी कार्यालय काकडभिट्टा झापाबाट थप अनुसन्धान भइरहेको छ ।