Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा मनसुनजन्य विपद्

हाम्रो कोशी आवाज
असार ३ २०७८, बिहिबार
सुनसरीमा मनसुनजन्य विपद्

केही वर्षअघि डुबानमा परेको इटहरीको दृश्य । तस्वीरः गुगल

धरानः जिल्ला विपद व्यवस्थापन समिति सुनसरीले मनसुन तथा कोभिड १९ पूर्व तयारी कार्ययोजना २०७८ तयार गरेको जनाएको छ ।
वर्षायाम भित्रिएसँगै विगतको आधारमा मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रभावकारी प्रतिकार्य योजना बनाएर लागू गरिने जिल्ला प्रशासन कार्यालयले सुनसरीले जनाएको छ ।
यस वर्षको मनसुनमा हुनसक्ने बाढी, डुबान, कटान, नदी कटान, हावाहुरी, चटयाङ, महामारीजस्ता विपदबाट गाउँवस्ती, बालीनाली, स्वास्थ्यमा पुरयाउन सक्ने जोखिमको विश्लेषण गर्दै त्यसप्रति सजग रहन, तत्काल राहत तथा उद्दार कार्यका लागि जिल्लास्थित सुरक्षा निकाय, जिल्ला विपद व्यवस्थापन समितिका सदस्य, सरकारी तथा गैरसरकारी निकायहरुको अधिकतरुपमा परिचालन गरी राहत तथा उद्दार कार्य छिटो, छरितो र विश्वसनीय बनाउनका लागि कार्ययोजना २०७८ बनेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
मुलुक नै अहिले जोखिम न्यूनीकरण र प्रतिकार्य योजनामा केन्द्रित भएको जनाउँदै उनले सुनसरीमा यस्तो योजना अघि सारिएको बताए । उनले गत सालको अनुभवको आधारमा समीक्षा गर्दै आगामी दिनका पूर्वतयारीका कार्यक्रम अपनाइएको बताए । ‘विगतमा बाढीको पूर्वतयारी थियो नै’, उनले भने, ‘यसपटक पनि त्यस्तै तयारीमा छौं ।’
उनले सुनसरी पनि मनसुनजन्य विपदबाट नेपाल उच्च जोखिममा रहेको जानकारी दिए । उनका अनुसार गत वर्ष अप्रत्यासित रुपमा आएको मनसुनजन्य विपदबाट सुनसरी पनि प्रभावित थियो । यसवर्ष मुलुकभर नै सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिसकिएको छ । यसपालि मनसुनका बेला धेरै मानिस प्रभावित हुने अनुमान समेत गरिएको छ ।
नेपालमा यही जेठ २८ बाट भित्रिएको वर्षायाम आइतबारदेखि नै मुलुकभर फैलिसकेको छ । देशैभरि मनसुनी वायु रहेको छ ।
यस्तै, विपद् व्यवस्थापन समितिले कोभिड–१९ को पूर्व तयारी कार्ययोजना २०७८ पनि तयार गरिसकेको जनाएको छ ।

प्रकाशित मिति: असार ३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend