Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा निषेधाज्ञा के होला ?

हाम्रो कोशी आवाज
असार ३ २०७८, बिहिबार
सुनसरीमा निषेधाज्ञा के होला ?

धरानः सुनसरीमा निषेधाज्ञा लम्बिने भएको छ । निश्चित क्षेत्रमात्रै खोल्दै निषेधाज्ञा लम्ब्याउने तयारीमा जिल्ला प्रशासन कार्यालय सुनसरी छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार निषेधाज्ञामा निश्चित क्षेत्र खुल्दै जानेछ । उनका अनुसार सवारी साधनमा जोर, बिजोर गर्दै अन्य निश्चित क्षेत्र मात्रै खोल्नेलगायतका विकल्पमा छलफल गरिनेछ । उनले असार ७ गतेसम्म कोरोना संक्रमणको अवस्था अध्ययन गरेर थप निर्णयमा गरिने उनले बताए ।
‘केन्द्रतिर स्मार्ट लकडाउनको ‘कन्सेप्ट’ सहितको कुराहरु पनि आइरहेको छ’, उनले भने, ‘कोरोना सङ्क्रमणको जोखिम रोक्दै निश्चित क्षेत्रमात्रै खुलाउने हो कि भन्ने कुरा पनि आइरहेको छ, हामी केन्द्रको निर्णयको पर्खाइमा छौं, केन्द्रको निर्णय हेरेर हामी केही थपघटसहितको निर्णय गर्छौं ।’
सुनसरी प्रशासनमा डिसिसिएमसीको बैठक बसेर सो निर्णयबारे जानकारी दिने उनले जानकारी दिए । उनले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सङ्क्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका छन् । उनले अब अन्य व्यापार, व्यवसाय खुलाउन दिइनेछ । ‘अहिले जारी निषेधाज्ञामा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसलहरु खुलाउन दिइएको छ । तर, असार ७ पछि भने पनि पुरै खोल्न नदिइन सक्छ’ उनले भने, ‘विभिन्न किसिमका पसलहरु खोल्नचाहिँ दिइनेछ तर निश्चित समय तोकिनेछ ।’
असार दोस्रो साता अर्थात् जेठ ७ गतेदेखि निषेधाज्ञाको समय सकिँदैछ ।
यसअघि (आज बिहीबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोरोना संक्रमणको जोखिम रोक्ने र अत्यावश्यक वस्तु उत्पादन तथा आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संक्रमण नबढ्ने गरी खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए । स्वास्थ्य मापदण्डमा कडाइ गर्दै चरणबद्ध रुपमा जनजीवन सहज बनाउँदै लैजानुपर्ने ओलीको भनाइ थियो ।
एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागू गरिने निर्णय समेत भएको छ । खाद्यान्न पसललाई ९ बजेसम्म खोल्न दिने गरी समय तोकिने जनाइएको छ । कपडा पसल, इलेक्ट्रोनिक पसल १० देखि १२ बजेसम्म खोल्ने समय मिलाइनेछ । त्यस्तै, हार्डवेयर पसल १ देखि ४ बजेसम्म खोल्न दिइने समय तालिका बनाइनेछ । विकास निर्माण क्षेत्र र अत्यावश्यक उद्योग स्वास्थ्य मापदण्ड पालना गरी खोल्न दिइने जनाइएको छ ।
बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ ।
बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया जस्ता देशहरुमा हवाइ उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी गैरआवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाइ ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोगस्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति: असार ३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend